धरानः धरान उपमहानगरपालिका वडा नं ३ मा वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका विद्या शाक्य विजयी भएका छन् ।
धरान ३ को अन्तिम मत परिणाम अनुसार शाक्यले १०४२ ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए । अन्य सदस्यहरुमा पनि गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
महिला सदस्यमा उषा लिम्बुले १०४२ मत ल्याएर विजयी भएकी छन् । दलित महिला सदस्यमा शोभा विश्वकर्माले १०८३ मत ल्याइ विजयी भएकी छिन भने खुल्ला सदस्यमा मनिष खड्गी र मिङमा भोटे विजयी भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको ३ न यसपालि कांग्रेसको पोल्टामा गएको हो ।