विराटनगरः विराटनगर महानगर पालिकामा शुक्रावर सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । जस्मा ७२६० मत गन्दा को मतपरिणाम यस्तो रहेको छ ।
विराटनगर महानगर पालिकाको कांग्रेस उम्मेदवार नागेश कोइरालाले २५८३, पाएका छन् । एमालेका उम्मेदवार सागर थापाले १६९०, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत प्राप्त गरेका छन् । राप्रपा उम्मेदवार प्रह्लाद साहले ४१८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी उम्मेदवार शिल्पा कार्कीले १८००, जसपा उम्मेदवार अमरेन्द्र यादवले ११८३ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत ल्याएकी छन् । राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले ४०९ मत ल्याएकी छिन् । थप परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेको छ ।