इटहरीः इटहरी उपमहानगरको वडा नम्बर २० मा नेपाली कांग्रेसका मणिराम श्रेष्ठ सहित उनको प्यानलले नै आफ्नो अग्रता कायमै राखेको छ ।
आइतबार बिहान साढे ८ बजेसम्मको मत परिणाम अनुसार मणिरामले १ हजार १६८ मत पाउँदा नेकपा एमालेका राजकुमार राईले ७८६ मत पाएका छन् ।
वडा नम्बर २० को महिला वडा सदस्यमा नेकपा एमालेकी कल्पना खड्का ले ८६९ र नेपाली कांग्रेसकी धर्मादेवी गिरी ले १०६० मत प्राप्त गरेको छन् । दलित महिला सदस्यमा नेकपा एमालेकी खड्ग कुमारी विकले ८५५ र नेपाली कांग्रेसकी कुमारी विश्वकर्मा ले १ हजार ५८ मत पाएकी छन् ।
खुल्ला सदस्यमा नेपाली कांग्रेसलाई क्रमश ९२५ र १०७१ मत खसेको छ भने नेकपा एमालेलाई ८३४ र ७९६ मत खसेको छ । राप्रपाले पनि वडा अध्यक्षमा २०७ मत पाएको छ भने मंगोल नेशनल अर्गनाइजेसनको ४२ मत छ ।