फिक्कलः इलामको सूर्योदय नगरपालिका १ को वडाध्यक्षमा नेपाली काग्रेसका राजकुमार लिम्बु सहितको प्यानलनै बिजयी भएको छ ।

३१ घण्टा पछि प्राप्त मतपारिणाम अनुसार लिम्बुले नेकपा एकीकृत समाजवादीका दिपेश राईलाई २६ मतान्तरले पराजीत गर्दै वडाध्यक्षमा बिजयी भएका हुन् । उनको यो दोस्रो कार्यकाल हो ।

लिम्बुले ८७३ मत पाउन उनका प्रतिष्पर्धी नेकपा एसका दिपेश राईले ८४७ मत पाएका छन । एमालेका धनकुमार तामाङले ७४५ मत प्राप्त गरेका छन् ।

यस्तै वडा सदस्यामा काग्रेसका सबै बिजयी भएका छन । खुल्ला महिला सदस्यामा मुन्ना कुमारी राई ९७२ दलित महिला सदस्य चन्द्रकला बिक ९५५, सदस्यमा डिक बहादुर मगर ९३६ रोषन बुढाथोकी ९०१ मत लयाएका छन । वडा नम्बर १ मा ९१२ मत मध्ये ११४ मत बदर भएको छ ।

वडा नम्बर १ को मतगणना सक्दा गडबन्धनका रणबहादुर राई ४५० र दुर्गा बराल ३३५ मतले अगाडी छन् । अव २ नम्बरको मतगणना हुँने निर्वाचन अधिकृत लोक बहादुर हमालले जानकारी दिए । निक्कै ढिलो मतगणना भैरहेको छ । २ स्थानमा मात्र मतगणना गर्दा ढिला भएको पाईएको छ ।