इटहरीः नेकपा एमालेबाट धनकुटा जिल्लाको चौविसे गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यको उम्मेदवार बनेका अटलबहादुर सुर्जे मगर आफु विजयी भएको खवर सुन्नै नपाई अस्ताएका छन् ।

अघिल्लो कार्यकाल पनि वडा सदस्य बनेका सुर्जे मधुमेह र उक्तरत्तचापका बिरामी थिए । मगरको शनिवार राती निधन भएको छ ।अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जित दर्ता गरेका थिए । तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भयो । जितको नजिक भएको थाहा भएपनि जित हासिल भएको भन्ने खवर भने मगरले सुन्न पाएनन् ।

शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो । तर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयु खाली नरहेको बताएपछि विराटनगरकोमा नोवेल अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ‘गणनास्थलमा बसिरहेका बेला पसिना आउने, काम्ने, वान्ता आउने भएपछि उनलाई अस्पताल तिर लगिएको थियो ।