लेटाङः मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले विजयी सुुरुवात गरेको छ । । लेटाङ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका विष्णुकुमार मगरको प्यानल नै विजयी भएको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका मगर पुनः वडाध्यक्षमा विजयी भएका छन् ।

विजयी भएका मगरले ९७९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका बालकुमार चोमजोङले ७४१ मत ल्याए ।

यस्तै महिला सदस्यमा एमालेकै गीता मगर ९४१ मतसहित विजयी भइन् भने दलित महिला सदस्यमा एमालेकै फूलमाया विश्वकर्मा ९४१ मतसहित विजयी भइन् । यस्तै खुल्ला सदस्य तर्फबाट पनि एमालेकै गणेश मगर ९२२ र चञ्चलाल मगर ८९८ मत सहित विजयी भए ।

लेटाङ १ बाट नगर प्रमुख र उपप्रमुखमा समेत नेकपा एमालेका उम्मेदवारहरुलाई बढी मत प्राप्त भएको छ । लेटाङ १ मा जम्मा १९६७ मत खसेकोमा २८ मत बदर भएको थियो ।