इटहरीः धरान उपमहानगरपालिका वडा नं २ मा वडाध्यक्षमा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन् ।
राईले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसमा सुधिरसिंह लिम्बुलाई ७२ मतले पछि पार्दै बिजयी भएका हुन् । राईले ६९५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुधिरसिंह लिम्बुले ६२३ मत पाएका छन् । वडाका अन्य सदस्यहरुमा भने नेपाली कांग्रेसका उम्मेदवारहरुको अग्रता रहेको छ ।