इटहरीः रामधुनी नगरपालिकामा ३१ सय मत गणना भइसक्दा सम्म एमालेले मेयरमा अग्रता कायम राखेको छ ।

एमालेका मेयर पदका उम्मेदवार शंकरलाल चौधरीले १ हजार ६ सय ५ मत ल्याउँदा नेपाली कांग्रेसमा सुदिप अधिकारीले १ हजार ३३ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी तारा थापाले १ हजार ३ सय ८२ मत ल्याउँदा नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार आशा चौधरीले १ हजार २६ मत प्राप्त गरेकी छिन् । ताराले आशालाई ३ सय ७ मतले पछि पार्दै छिन् । हाल रामधुनी १, २ र ३ को मत गणना भइरहेको छ ।