इटहरीः इटहरी निर्वाचनमा गठबन्धनका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पौडेलले आफ्नो अग्रता कायमै देखाएका छन् ।

इटहरी १, २, १९ र २० को मतगणना भइरहँदा गठबन्धनका मेयर उम्मेद्वार हेमकर्ण पौडेलले १ हजार ९ सय २७ मत पाएका छन् भने नेकपा एमालेका याम कुमार सुव्वाले १ हजार ४ सय २७ मत पाएका छन् ।

अघिल्लो अपडेटमा निर्वाचन अधिकृतको कार्यलयले प्राविधिक त्रुटी भएको भन्दै सच्चाएको छ । प्राविधिक कारणले मत बढि जोडिएको भन्दै ताजा विवरण सार्वजनिक गरेको छ ।
ताजा अवस्था अनुसार नेकपा एमालेकी उपमेयर उम्मेदवार संगीता कुमारी चौधरीले १ हजार ५ सय ४३ मत ल्याएकी छिन् भने गठबन्धनमा उपमेयर उम्मेद्वार केशव कुमार विष्टले १ हजार २ सय ६६ मत ल्याएका छन् ।

राप्रपाको उपमेयरमा २५६ मत आउँदा मेयरमा १२५ मत मात्रै देखिएको छ भने मंगोल नेशनल अर्गनाइजेसनले ५७ मत पाएको छ । जसपा नेपालको मेयरमा ५, लोसपाको ११, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चको ८ र नागरिक उन्मुक्ति पार्टीको २ मत खसेको छ ।

280767771_1672689066457182_187360398687846977_n