धरानः धरान उपमहानगरपालिकामा साँझ साढे ९ बजेसम्मको जानकारी अनुसार गठबन्धनको मतपरिणामले अग्रता लिएको छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ७८३ मत ल्याउँदा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाँगले ६०३ मतले पछ्याईरहेका छन् भने नेकपा एमालेकी मञ्जु भण्डारी तेस्रो स्थानमा छिन् । मञ्जुले हालसम्म ४ सय ८ मत प्राप्त गरेकी छिन ।
यसैगरी उपमेयर पदमा पनि गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका आइन्द्र विक्रम बेघाले अग्रता लिएका छन् । बेघाले ८ सय ५६ मत ल्याउँदा नेकपा एमालेका पदम इश्वोले ४ सय ६७ मतले उनलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा राप्रपा रहेको छ । राप्रपाले उपमेयरमा हालसम्म १ सय २८ मत प्राप्त गरेको छ ।