इटहरीः रामधुनी नगरपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । ३ सय मत गणना भइसक्दा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार बुधनारायण चौधरीले १ सय ४९ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार रामकुमार चौधरीले १ सय २४ मत प्राप्त गरेका छन् ।
रामधुनी ३ मा माओवादी केन्द्रका उम्मेदवार चुडामणि सिग्देलले १३ मत पाएका छन् । रामधुनी ३ बाट नेकपा एसका वडा अध्यक्ष उम्मेदवार प्रकाश दाहालले ५ मत र राप्रपा नेपालका वडा अध्यक्ष उम्मेदवार घनश्याम राउतले ५ मत पाएका छन् । मतगणना जारी छ ।