विराटचोकः हिजो सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सुन्दरहरैंचाको मेयर र उपमेयर पदको प्रारम्भिक नतिजा आएको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार शिवप्रसाद ढकाल र उपमेयरमा नेकपा एमालेकी अकली चौधरीले अग्रता लिएका छन् ।

सुन्दरहरैंचामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । प्राप्त मत परिणाम अनुसार कांग्रेसका ढकालले १६८ मत ल्याउँदा एमालेका केदारप्रसाद गुरागाईँले १६६ मत ल्याएका छन् ।

उपमेयर पदमा भने गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नवराज चापागाईँलाई एमालेकी चौधरीले पछि पारेकी छिन् । चौधरीले १८२ मत ल्याउँदा चापागाईँले ९८ मत ल्याएका छन् ।
४ सय मत गन्दा सो परिणाम आएको हो । अहिले वडा नम्बर १, २, ११ र १२ को मतगणना भइरहेको छ ।