इटहरीः इटहरी उपमहानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयर पदमा लोकतान्त्रि गठबन्धनका हेमकर्ण पौडेलले नै अग्रता लिईरहेका छन् । नेपाली कांग्रेस उनले ७ सय २४ मत गन्दा ३५२ मत प्राप्त गरेका छन् । एमालेका यामकुमार सुब्बाले २२९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरीले अग्रता लिएकी छन् । उनले २६८ मत प्राप्त गरेकी छन् । गठबन्धनको तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका केशबकुमार विष्टले २२५ मत ल्याएका छन् । चौधरी भन्दा विष्ट ४३ मतले पछि छन् । इटहरी उपमहानगरको वडा नम्बर १ , २ र २० को मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।