धरानः धरान उपमहानगरपालिकाको ३ वटा वडाको १ हजार २ सय मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका किशोर राई र उपमेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले नै अग्रता कायम गरिरहेका छन् ।
धरान उपमहानगरपालिका वडा नम्बर १, २ र ३ को १ हजार २ सय मत गन्दा मेयर पदका उम्मेदवार किशोर राईले ४५१ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट मेयर पदका उम्मेदवार बनेका हर्क साम्पङ ३२६ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले २४२ मत प्राप्त गरेकी छन् ।
उपमेयर पदमा गठबन्धनका आईन्द्र बिक्रम बेघा ५०२ मत र एमालेका पदम ईस्बो( लिम्बु)ले २६८ मत प्राप्त गरेका छन् । मतगणना जारी नै रहेको छ ।