इटहरीः रामधुनी नगरपालिकामा ७ सय ५० मत गणना हुँदा नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेदवारहरुकोे अग्रता बढेको छ ।
वडा नम्बर १, २ र ३ नम्बरको मतगणना हुँदै गर्दा नेकपा एमालेका दुवै उम्मेदवार मेयरका शंकरलाल चौधरीले ४ सय २२ र उपमेयर उम्मेदवार तारा थापाले ४ सय २५ मत पाएकी छिन् ।
उता नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुदिप अधिकारीले २ सय ५० मत प्राप्त गरेका छन् भने कांग्रेसकी उपमेयर आशा चोधरीले २४९ मत पाएकी छन् । यता नेकपा एकिकृत समाजवादीकी उपमेयरकी उम्मेदवार सीता थरुनीको २२ मत आएको छ । मत गणना कार्य जारी छ ।