इटहरीः इटहरी उपमहानरपालिकाकोमा बेलुका ५ बजेर २४ मिनेट सम्मको अपडेट अनुसार गठबन्धनले अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार नगर प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले १ सय ५८ मत पाएका छन् भने सोहि समयमा नेकपा एमालेका याम कुमार सुव्वाले १ सय २ मत पाएका छन् ।
उता उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा एसका केशव कुमार विष्टले १ सय १९ मत पाउँदा नेकपा एमालेकी संगीता कुमारी चौधरीले १ सय ६ मत प्राप्त गरेकी छिन् । उता राप्रपाका आकाश सुव्वाले १८ र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका मेयर पदका उम्मेद्वारले ८ मत पाएका छन् ।
जसपा र लोसपाले पनि एक एक मत प्राप्त गरेका छन् । वडा नम्बर २० को वडा अध्यक्षमा २०६ मत गणना हुँदा नेपाली कांग्रेसका मणिराम श्रेष्ठले १६१ मत ल्याएका छन् भने नेकपा एमालेका राजकुमार राईले ९८ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।