धरानः धरान उपमहानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार लोकतान्त्रि गठबन्धनका मेयर र उपमेयरले एमालेका मेयर र उपमेयरलाई निकै फराकिलो मतअन्तरले पछाडी पारिरहेका छन् ।एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी मञ्जु भण्डारी शुरुवातीबाटै तेस्रो स्थानमा छिन् ।

पछिल्लो मत परिणाम अनुसार धरानमा १ हजार मत गन्दा मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका किशोर राईले ३६९ मत ल्याई अग्रता कायमै राखेका छन् । उनि पछि स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले २७५ मत प्राप्त गरेका छन् । किशोरलाई हर्कले पछ्याएका छन् । एमालेको तर्फबाट मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले २०३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरि उपमेयर पदमा उम्मेदवारी दिएका गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अइन्द्र बेघाले ३९३ मत प्राप्त गरेका छन् । एमालेका तर्फबाट उपमेयर पदका उम्मेदवार पदम लिम्बूले २२७ मत प्राप्त गरेका छन् ।