धरानः धरान उपमहानगरपालिकाको दुई वटा वडा गरि ५०० मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका किशोर राई र उपमेयर पदका माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघाले नै अग्रता कायम गरेका छन् ।
पछिल्लो परिणाम अनुसार कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार किशोर राईले १७८ मत ल्याएका छन् भने स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पांगले १३८ मत ल्याएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी मञ्जु भण्डारीले ८२ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा माओवादी केन्द्रमा बेघाले १६९ मत प्राप्त गरेका छन् भने एमालेका पदम लिम्बूले ९८ मत प्राप्त गरेका छन् ।