इटहरीः इटहरी उपमहानगरपालिकाको दुई वटा वडाको १००÷१०० मत गन्दा मेयर र उपमेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरुले अग्रता लिएका छन् ।
मेयर पदमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार बनेका कांग्रेसका हेमकर्ण पौडेलले १३४ मत ल्याएका छन् । उनले वडा नम्बर २० बाट ९४ मत ल्याएका छन् भने वडा नम्बर १ बाट ४० मत ल्याएका छन् ।
एमालेका तर्फबाट मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले ७६ मत प्राप्त गरेका छन् । उपमेयर पदमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत( समाजवादी)का केशबकुमार बिष्टले ९६ मत ल्याएका छन् भने एमालेकी संगीता चौधरीले ८८ मत ल्याएकी छन् । मतगणना जारी रहेको छ ।