इटहरीः इटहरी उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले शुरुवाती अग्रता लिएका छन् ।

वडा नम्बर २० को ६० मत गन्दा कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार पौडेलले २८ मत ल्याएका छन् । एमालेका याम सुब्बाले २७ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी संगीता चौधरीले २८ मत ल्याएकी छन् । गठबन्धनको तर्फ उपमेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका केशबकुमार बिष्टले २६ मत ल्याएका छन् ।