धरानः धरानको पछिल्लो तेस्रो मत परिणाम अनुसार मेयर पदमा गठबन्धनका तर्फका किशोर राईले नै अग्रता लिइरहेका छन् । नेपाली कांग्रेस राईले ३०० मत गन्दा ११८ मत ल्याएका छन् ।

एमालेकी मञ्जु भण्डारीले ६१ मत ल्याएकी छन् । स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङ पनि ६१ नै प्राप्त गरेका छन् । उपमेयर पदमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १२५ प्राप्त गरेका छन् भने एमालेका पदम लिम्बूले ६७ मत प्राप्त गरेका छन् । मतगणना जारी नै छ ।