इटहरीः धनकुटा जिल्लामा समग्र ६७ दशमलव ६२ प्रतिशत मतदान भएको छ । १ लाख १५ हजार ९ सय ६४ मतदाता रहेको धनकुटा जिल्लामा ७८ हजार ४ सय १७ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ३८ हजार ५ सय ९८ पुरुष मतदाता छन् भने ३९ हजार ८ सय १९ जना महिला मतदाता रहेका छन् ।

पालिका गत रुपमा हेर्दा धनकुटाको महालक्ष्मी नगरपालिकामा सबैभन्दा बढि मत खसेको छ । २२ हजार ९ सय ७१ मतदाता रहेको महालक्ष्मीमा १६ हजार ४ सय १९ जनाले मतदान गरेका छन् जुन ७१ दशमलव ४८ प्रतिशत हो । यसैगरी साँगुरीगढी गाउँपालिकामा पनि ७१ दशमतल १३ प्रतिशत मतदान भएको छ ।

१६ हजार २ सय ४१ म्तदाता रहेको साँगुरीगढीमा ११ हजार ५ सय ५२ जनाले मतदान गरेका छन् भने चौविसे गाउँपालिकामा ९ हजार ९ सय ८७ जनाले मतदान गरेका छन् । चौविसेमा १४ हजार १ सय २७ मतदाता रहेका छन् । उता पाख्रिबास नगरपालिकामा ११ हजार २ सय ९४ मत खसेको छ । यहाँ १७ हजार ८७ मतदाता रहेका छन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा ९ हजार २ सय ५ जनाले मतदान गरेका छन् । छथरमा १३ हजार ५ सय ४२ मतदाता रहेका थिए । यता धनकुटाको सहिदभुमी गाउँपालिकामा ५६ प्रतिशत मात्रै मत खसेको छ । १३ हजार ५ सय ३६ मतदाता रहेको सहिदभुमीमा ७ हजार ६ सय २९ मतदाताले मतदान गरेको थिए । यहाँ तीन वटा मतदान केन्द्रमा हुल्दुगाँ भएपछि मतदान स्थगीत भएको थियो । निर्वाचन आयोगले मतदान स्थगित भएका ठाउँमा पुनः मतदान गर्ने बताएको छ ।