इटहरीः शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमा झापा जिल्लामा ७० दशमलव ४८ प्रतिशत मतदान भएको छ ।

६ लाख ४६ हजार २ सय ३४ मतदाता रहेको झापा जिल्लामा ४ लाख ५५ हजार ४ सय ७६ मतदाताले मतदान केन्द्रमा गएर मतदान गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।मतदान गर्नेमा २ लाख ३८ हजार ७१ जना महिला र २ लाख १७ हजार ४ सय ५ जना पुरुष छन् ।

झापाका पालिकागत विवरण हेर्दा झापा गाँउ पालिकामा खसेको छ । यो पालिकामा ७४ दशमतल ६६ प्रतिशत मत खसेको हो भने सबैभन्दा कम मत शिव सतासी गाउँपालिकामा खसेको छ । यो पालिकामा ६७ दशमतल ६९ प्रतिशत मतदान भएको छ ।

झापाको भद्रपुर नगरपालिकामा ६६ दशमलव ३६ मत खसेको छ । ५१ हजार २ सय ६० मतदाता रहेको भद्रपुरमा ३४ हजार १५ जनाले मतदान गरेका छन् । यसैगरी मेचीनगर नगरपालिकामा ९० हजार २ सय २ मतदाता रहेकोमा ६३ हजार ३ सय ३९ जनाले मतदान गरेका छन् । यहाँ जम्म्मा ७० दशमलव २२ प्रतिशत मतदान भएको छ ।

उता विर्तामोड नगरपालिकामा ४१ ह्जार ४४ जनाले मतदान गरेको छन् भने वृद्धशान्ति गाउँपालिकामा २५ हजार २ सय ८४ जनाले मतदान गरेका छन् । यी दुवै गाउँपालिकामा क्रमश ७१ द्यशमलव ४९ र ७० दशमलव ८७ प्रतिशत मत खसेको छ ।

झापाको अर्जुनधारा गाउँपालिकामा ७१ द्यशमलव ६८ प्रतिशत मतदान भएको छ । यहाँ ५३ हजार ७ सय ४५ मतदातामा ३८ हजार ५ सय २३ जनाले मतदान गरेका छन् ।
यसैगरी हल्दीबारी गाउँपालिकामा १७ हजार २ सय ७३ मत खसेको छ भने कचनकवल गाउँपालिकामा २२ हजार २ सय ५८ मत खसेको छ । यहाँ ३० हजार २ सय २१ मतदाता रहेका छन् ।

यसैगरी झापाको बाह्रदशी गाउँपालिकामा २५ हजार ८ सय २६ मतदाता रहेकोमा १९ हजार २ सय १७ जनाले मतदान गरेका छन् भने झापा गाउँपालिकामा १७ हजार ८ सय ७७ मत खसेको छ ।

कन्काई नगरपालिकामा २५ हजार ८ सय ५१ मत खसेको छ भने कमल गाउँपालिकामा २६ हजार २ सय ४२ मत खसेको छ । यता गौरादह नगरपालिकामा २९ हजार ८ सय ३६ र गौरीगन्ज गाउँपालिकामा १७ हजार ३ सय ३६ मत खसेको छ । यता ५८ हजार १ सय ७६ मतदाता रहेको दमक नगरपालिकामा ३९ हजार ८ सय ९५ मतदाताले मतदान गरेका छन् ।