रामधुनीः सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा ७१ प्रतिशत मतदाताले निर्वाचन केन्द्रपुगेर मतदान गरेका छन् ।
४१ हजार ४ सय अठहत्तर मतदाता रहेको रामधुनी नगरमा २९ हजार २ सय ७६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय रामधुनीले बताएको छ ।
वडागत विवरण हेर्दा रामधुनी नगरपालिका स्थानीय तह निर्वाचन २०७९ कुल खसेको मत यस्तो छ । वडा नम्बर १ मा ३३७१ मत खसेको छ भने वडा नम्बर २ मा ३०४४,वडा नम्बर ३ मा ३६१५ र वडा नम्बर ४ मा ३३१८ मत खसेको छ ।
रामधुनी ५ मा ३५२२, वडा नम्बर ६ मा ३५९० वडा नम्बर ७ मा ३९१६,वडा नम्बर ८ मा २२८३ र वडा नम्बर ९ मा ३०९० मत खसेको छ ।
रामधुनी नगरपालिकाका ९ वडाका १२ निर्वाचन केन्द्रमा भएको मतदानमा जम्मा २९ हजर ७५४ मत खसेको निर्वाचन अधिकृतको कार्यलय राम्धुनीले जनाएको छ । आज शनिवार सर्बदलिय बैठक बसेर मतगणना सुरु गर्ने बताइएको छ ।