इटहरीः इटहरी उपमहानगरपालिकाको मतगणना आजबाट सुचारु हुने भएको छ ।

हिजो( सुक्रबार) उपमहानगरका १११ मतदान केन्द्रबाट शिलबन्दी गरिएका मतपेटीमा निर्वाचन अधिकृतको कार्यालय इटहरीको साँस्कृतिक भवनमा ल्याई त्यसको सम्पूर्ण अभिलेख राख्ने कार्य राती अवेरसम्म भएको थियो ।

राती अवेरसम्म आयोगको कार्यालयले मतपेटीलाई सुरक्षित तरिकाले राख्ने कार्य गरेकाले हिजैबाट मतगणा गर्नका लागि समय अभाव भएकाले आज बिहान ८ बजे मतगणाका लागि सर्वदलीय बैंठक राखिएको इटहरीको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहान ८ बजेको सर्वदलिय बैंठकमा निर्वाचनमा सहभागी सबै दल तथा स्वतन्त्रका उम्मेदवारका प्रतिनिधिहरुलाई सहभागीताका लागि निर्वाचन अधिकृतको कार्यालय सूचना समेत जारी गरेको छ । बैंठक पछि मतगणना कार्य पनि प्रारम्भ हुने आयोगले जनाएको छ ।

आयोगमा अनुसार इटहरीमा ७०.४७ प्रतिशत मतदान भएको छ । इटहरीका १ लाख ४ हजार ६ सय २६ कुल मतदाता मध्ये ७३ हजार ७ सय ३२ मतदाताहरुले आफ्नो अमुल्य मत दान गरेका थिए । जसमा ३९ हजार ८ सय ९६ महिला र ३३ हजार ८ सय ७५ जना पुरुषले मतदान गरेका