इटहरीः इटहरी उपमहानगरपालिकाका २० वटा वडाहरुमा सबैभन्दा बढी महिलाहरुले मतदान गरेका छन् । हिजो(सुक्रबार) सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ४ हजार ६ सय २६ कुल मतदाता मध्ये ७३ हजार ७ सय ३२ मतदाताहरुले आफ्नो अमुल्य मत दान गरेका थिए ।
जस मध्ये सबै भन्दा बढी मतदान गर्नेमा महिलाको संख्या ३९ हजार ८ सय ९६ रहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ । सुक्रबार सम्पन्न निर्वाचनमा इटहरीका कुल मतदाता मध्ये ३३ हजार ८ सय ७५ जना पुरुषले मात्र मतदान गरेका थिए । पुरुषको तुलनामा ६ हजार २१ बढी महिलाले मतदान गरेका थिए । यो तथ्यांक हेर्दा इटहरीको नेतृत्व चयनमा महिला मतदाता निर्णयक देखिएका छन् ।
हेर्नुहोस् वडागत मत विवरण