इटहरीः शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा ६७.३५ प्रतिशत मतदान भएको छ । ८९ हजार ६ सय ७८ जनाले मतदाताले मतदान गरेका छन् । विराटनगर महानगरमा मतदाताको कुल संख्या १ लाख ३३ हजार १ सय ४२ रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विराटनगर महानगरपालिकाको वार्ड न १ मा ५२९१ वार्ड नं २ मा ३९२५, वार्ड नं ३ मा ६५६१,वार्ड नं.४ मा ७४५४, वार्ड नं ५ मा ५६९१, वार्ड नं ६ मा ७१९३ मत खसेको छ ।

त्यसैगरि वार्ड नं.७ मा २९१६, वार्ड नं ८मा ५४१०, वार्ड नं ९मा ३७४०, वार्ड नं १० मा ४४८०, वार्ड नं ११मा ४६३०, वार्ड नं १२ मा ६१४९,वार्ड नं १३ मा २७१९, वार्ड नं १४ मा ४७६४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाको वार्ड नं १५मा ५५८३, वार्ड नं १६ मा २७८५, वार्ड नं १७ मा ३९०९, वार्ड नं १८ मा ३५४४, वार्ड नं १९ मा २९६४ मत खसेको जनाइएको छ ।