बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा आज सम्पन्न स्थानीयतह निर्वाचनमा ६७.८२ प्रतिशत खसेको छ । ११ वडा रहेको बराहक्षेत्रमा ६३ हजार ६ सय ८ मध्ये ४३ हजार १ सय १५ मत खसेको निर्वाचन आयोगले जनाएको हो ।

आयोगकाअनुसार आज सर्वदलीय बैठक सम्पन्न गरिसकेपश्चात् सोही बमोजिमको निर्णयले मतगणना हुनेछ । यद्यपि आयोग र दलहरु मतगणना भने भोलि देखि गर्ने मनशायमा देखिन्छन् । त्यस्तै, चुनावको माहोल समग्रमा सामान्य अबस्थामा सम्पन्न भएको प्रहरीले जनाएको छ ।
वडागत कुल मतदाताको संख्याः
वडा नं २ , ५७१५
वडा नं ३ः ६३९५
वडा नं.४ः ४१५८
वडा नं.५ः ६४००
वडा नं.६ः ४८५०
वडा नं.७ ः७७८८
वडा नं.८ः ७५४९
वडा नं.९ ः ४८३५
वडा नं.१०ः ५८६०
वडा नं. ११ः ५७३६

खसेको मतः
वडा नं.१ः ३०३०
वडा नं.२ः ३८८५
वडानं. ३ः  ४३४५
वडा नं.४ः  ३०१२
वडा नं.५ः  ४४९९
वडा नं. ६ः  ३०६०
वडा नं. ७ः ५३१०
वडा नं. ८ः  ४८८५
वडा नं. ९ः  ३३१५
वडा नं. १०ः ३८६०
वडा नं.११ः  ३९१०