इटहरीः धरान उपमहानगरपालिकामा साढे बैसठ्ठी प्रतिशत जनताले मतदानमा भाग लिएका छन् । एक लाख ३ सय २४ मतदाता रहेको धरान उपमहानगरपालिकामा ६२ हजार ७ सय ४ जना मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यलय धरानले बताएको छ ।
२० वटा वडा रहेको धरान उपमहानगरमा सबैभन्दा बढि वडा नम्बर २० मा ७६ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम वडा नम्बर १० मा ५१ प्रतिशत मत खसेको छ ।
वडागत विवरण हेर्दा धरान उपमहानगरको वडा नम्बर १ मा ३ हजार १ सय ४९ मतदाता रहेकोमा १ हजार ९ सय ३९ मतदाताले मत हालेका छन् भने वडा नम्बर २ मा २ हजार ३ सय ६ मतदाता रहेकोमा १ हजार ४ सय ८० मतदाताले मतदान गरेको छन् ।
वडा नम्बर ३ मा ३ हजार १ सय २१ मतदाता रहेकोमा १ हजार ९ सय ८७ मत खसेको छ भने वडा नम्बर ४ मा १ हजार ७ सय ४२ मत खसेको छ । यहाँ २ हजार ३ सय ९० मतदाता रहेका छन् । यसैगरी वडा नम्बर ५ मा ६ हजार ३ सय ८६ मतदाता रहेकोमा ४ हजार ३ सय २३ मत खसेको छ । उता वडा नम्बर ६ मा ३ हजार ९ सय ४९ र वडा नम्बर ७ मा १ हजार ४ सय ५० मतदान भएको छ ।
यता धरानको वडा नम्बर ८ मा ४ हजार ७ सय ७६ मत खसेको छ भने वडा नम्बर ९ मा १ हजार ६ सय ६९ मत खसेको छ । धरानका यी ८ र ९ नम्बर वडामा क्रमश ८ हजार ३४ र २ हजार ५ सय ६० मतादाता छन् ।
यसैगरी धरान उपमहानगरको वडा नम्बर १० मा १ हजार ८ सय ७५ र वडा नम्बर ११ मा ५ हजार ५ सय ३ मत खसेको छ । उता वडा नम्बर १२ मा १ हजार ७ सय ३३, वडा नम्बर १३ मा ३ हजार ८ सय ५२ र वडा नम्बर १४ मा २ हजार १ सय ४० मत खसेको छ ।
धरानका वडा नम्बर १५ मा १३ हजार ९ सय ६३ मतदाता रहेकोमा ७ हजार ९ सय ६५ मत खसेको छ भने वडा नम्बर १६ मा ८ हजार ४४ मतदाता रहेकोमा ४ हजार ८ सय ३७ मत खसेको छ । धरानका वडा नम्बर १७ मा ५ हजार ८ सय १९, वडा नम्बर १८ मा १ हजार ३ सय ४९, वडा नम्बर १९ मा २ हजार २ सय ९५ र वडा नम्बर २० मा २ हजार २१ मत खसेका छ ।