इटहरीः इटहरी उपमहानगरमा ७७ प्रतिशतको हाराहारी मत खसेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।१ लाख ४ हजार  ६२६ मतदाता भएको उपमहानगरमा ७३ हजार ७ सय ३३ मत खसेको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ ।

इटहरी उपमहानगरमा ३१ ह्जार १ सय ५८ मतदाता मतदान केन्द्रमा देखिएनन् । मतदाता नामावलीमा नाम भएपनि कतिपय सरकारी कर्मचारी र कतिपय विदेशमा भएको हुँदा मतदान गर्न पाएनन् भने कतिपयले मतदाता परिचयपत्र भएता पनि बदलिँदो राजनितिक परिस्थीतीबाट बिरक्तिएर मतै नदिएको बताइन्छ ।

यद्यपी ७० प्रतिशत भन्दा बढि मत खस्नुलाई राम्रो मानिएको छ । २० वटै वडाका २५ वटा मतदान केन्द्रबाट मुचुल्का उठाउँदै मतपेटीका उपमहानगर स्थित साँस्कृतिक भवनमा ल्याईएको छ । मतपेटीका संकलनको काम सकेपछि सर्वदलिय बैठक बसेर मतगणना सम्बन्धि निर्णय गरिने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यलयको भनाई छ ।