पथरीः मोरङको पथरी शनिश्चरे नगरपालिकामा ३४ हजार २७ मत खसेको छ । नगरपालिका १० वटा वडामा कुल मतदाताको संख्या ५१ हजार ३ सय ३० रहेको थियो ।
पथरी शनिश्चरे नगरपालिकाको वडा नं १ मा ४७९४ मत, वडा नं २ मा ३३९३, वडा नं ३ मा ३६६६, वडा नं ४ मा ३४९३ र वडा नं ५ मा २९९१ मत खसेको छ ।
त्यसैगरि सोही नगरपालिकाको वडा नं ६ मा ३३२४, वडा नं ७ मा २७६०, वडा नं ८ मा २९९४, वडा नं ९ मा ३२५१ र वडा नं १० मा ३३६१ मत खसेको निर्वाचन अधिकृत खगेन्द्र सुबेदीले जानकारी दिएका छन् । सबै मतदान केन्द्रबाट मतपेटीका ल्याई बुझ्ने कार्य भईरहेको उनले जानकारी दिए ।