इटहरीः इटहरी उपमहानगरमा ७० प्रतिशतको हाराहारी मत खसेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।
साँझ ५ बजेसम्म मतदान भनिएता पनि धेरैजसो वडामा मतदाता ७ बजेसम्मनै मतदान गरिरहेका थिए । वडागत रुपमा हेर्दा ४ हजार १ सय ९२ मतदाता रहेको इटहरी वडा नम्बर १ मा ३ हजार ९१ मत खसेको छ भने साढे १० हजार मतदाता भएको इटहरी २ मा ७ हजार १ सय २३ मत खसेको छ । उता ३ हजार ९ सय ५८ मतदाता रहेको वडा नम्बर ३ मा २ हजार ९ सय ३१ मत खसेको छ । वडा नम्बर ४ मा ५ हजार ८ सय २५ मत खसेको छ भने वडा नम्बर ५ मा ७ हजार १ सय ६३ मत खसेको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ ।
इटहरीको बजार क्षेत्र ओगटेको वडा नम्बर ६मा ३ हजार ४३ मत खसेको छ भने वडा नम्बर ७ मा २ हजार ५ सय ७ मत खसेको छ । यहाँ ३ हजार २ सय १७ मतदाता छन् । सयैगरी वडा नम्बर ८ मा ४ हजार ५० मत खसेको छ । इटहरी ९ मा ३ हजार ८९ मत खसेको छ ।
४ हजार ६ सय ९ जना मतदाता रहेको इटहरीको वडा नम्बर १० मा २७६० मत खसेको छ । वडा नम्बर ११ मा २ हजार २ सय ९० मत खसेको बताईएको छ । यता १ हजार ९ सय ३७ मतदाता भएको इटहरी १२ र ४ हजार ३ सय ७२ मतदाता भएको वडा नम्बर १३ मा क्रमश १ हजार ५ सय १६ र ३ हजार ५ सय ३७ मत खसेको छ । इटहरी उपमहानगरको वडा नम्बर १४ मा २ हजार ७ सय ९७ मत खसेको छ ।
वडा नम्बर १४ मा ३ हजार ४ सय ९२ मतदाता छन् । वडा नम्बर १५ मा १ हजार ६ सय ७६ मत खसेको छ । ५ हजार ३ सय ९१ मतदाता रहेको वडा नम्बर १६ मा ४ हजार २ सय १८ र १७ मा ४ हजार ६ सय ५५ मत खसेको छ । इटहरी १८ मा २ हजार ६ सय ५५, इटहरी १९ मा ४ हजार १ र वडा नम्बर २०मा ४ हजार ९ सय १६ जनाले मतदात गरेको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ । इटहरी उपमहागरमा जम्मा १ लाख ४ हजार ६ सय ३६ मतदाता छन् ।