इटहरीः इटहरी उपमहानगरपालिकाको सबै मतदान केन्द्रबाट ल्याइएका मतपेटीका बुझ्ने कार्य भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरभित्र १११ वटा मतदान केन्द्रबाट ल्याइएका मतपेटिका इटहरीको सांस्कृतिक भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बुझ्ने कार्य धमाधम भईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै केन्द्रहरुमा शान्तिपूर्ण तरिकाबाट मतदान सम्पन्न भएको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीले मतदानमा सहभागी मतदाता, कर्मचारी, सुरक्षाअधिकारी लगायत सबैमा हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।