धनकुटाः धनकुटा जिल्लाको धनकुटा नरपालिका वडा नम्बर ३ बाट वडा अध्यक्षको उम्मेदवार बनेका विकास घिमिरेले बाबुको शोकमा भएकै बेला मतदान स्थल पुगेर मतदान गरेका छन् ।

क्रियापुत्री वसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरेले धनकुटाको भाषा मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

घिमिरे लोकतान्त्रिक गठवन्धनको तर्फबाट धनकुटा नगरपालिका वडा नं ३ को वडाध्यक्षका उम्मेदवार समेत हुन् । घिमिरेसँगै दाजु विजय घिमिरेसहित परिवार अन्य पाँच जना सदस्यले पनि मतदान गरेका थिए ।

उनका वुवा हर्क घिमिरेको गत वैशाख २७ गते निधन भएको थियो । वुवाको निधन पछि उनी काजक्रियामा वसेका छन् । विकासले सामाजिक संजालको सदुपयोग गर्दै आफ्नो अमुल्य मतदिन जाने घोषणा गरेका थिए ।