इटहरीः इटहरी उपमहानगरपालिका भित्र मध्यान्ह १२ बजे सम्ममा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेको इटहरी उपमहानगरका स्थित निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

इटहरी स्थित निर्वाचन कार्यालयले आफ्नो आधिकारीक फेसबुक पेंजमा केही बेरअघि मात्र एक सूचना पोष्ट गर्दै हालसम्म २० वटै वडामा गरि ३५ प्रतिशत मतदान भईसकेको जनाएको छ ।

इटहरी उपमहानगरका स्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार  इटहरी उपमहानगर २० वटै वडामा शान्तिपूर्ण तवरबाट मतदान जारी नै रहेको छ । इटहरीमा जम्ममा १ लाख ४ हजार ८ सय ९१ मतदाता रहेका छन् । विहानै देखि मतदाताहरुको उत्साहपूर्व सहभागीताले कुल मतदाताको ७० प्रतिशत माथि नै मत खस्ने अनुमान गरिएको छ ।

280683223_118809724153404_6044350873271428090_n (1)