फिक्कलः आज बिहान ७ बजेबाटै इलामका १० पालिकामा मतदान शुरु भएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा निर्धारित समयमै मतदान शुरु भएको हो । जिल्लामा ८१ वटा वडामा एक साथ मतदान शुरु भएको निर्वाचन कार्यालय इलामका प्रमुख देबीचरण फूयालले जानकारी दिए ।

जिलामा चार सय २५ जनप्रतिनिधिका लागि १ हजार ३ सय १९ उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन् । अहिले सम्म ६ जना निर्विरोध निर्वाचित भएका छन्।इलाममा यसपटकको स्थानीय तह निर्वाचनका लागि इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन् । इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले शान्तिसुरक्षाको अवस्था जिल्लामा मजबुत रहेको बताए । उनले मतदान सकिएको २ घण्टामा मतगणना केन्द्रमा मतपेटीका ल्याउने ब्यवस्था गरिएको बताए ।

निर्वाचन आयोगको तथ्याकं अनुसार जिल्लाका दश स्थानीय तह मध्ये सबै भन्दा बढी सूर्योदय नगरपालिकाको मतदाता संख्या रहेको छ । ४५ हजार २ सय २५ जना मतदाता रहेका छन् । सूनपामा २१ मतदान स्थल र ५२ मतदान केन्द्र रहेका छन । इलाम नगरपालिकाको मतदाता संख्या दोस्रोमा रहेको छ । इलाम नगरपालिकामा ३६ हजार ७ सय ३० मतदाता संख्या रहेको छ । यहाँ महिला १८ हजार ३ सय १० र पुरुष १८ हजार ४स य २० मतदाता छन् ।

यस्तै देउमाई नगरपालिकामा २५ हजार ८ सय ५८ मतदाता संख्या रहेको छ । यहाँ १२ हजार ६ सय ८१ महिला र १३ हजार १ सय ७७ पुरुष मतदाता छन् । अर्को नगरपालिका माईमा २४ हजार २ सय ९४ मतदाता संख्या रहेको छ । यस नगरपालिकामा ११ हजार ७ सय ६२ महिला र १२ हजार ५सय ३२ पुरुष मतदाता छन् ।

280352284_5072871692767380_3456139405933607691_n

यसैगरि गाउँपालिका तर्फ चुलाचुली गाउँपालिकामा १८ हजार ५ सय ८० मतदाता संख्या रहेको छ । यहाँ ९ हजार ३ सय महिला र ९ हजार २ सय ७८ पुरुष तथा अन्य २ मतादाता छन् । फाकफोकथुम गाउँपालिकामा १६ हजार ५ सय ३५ मतदाता संख्या रहेको छ । यहाँ ७ हजार ९ सय ८३ महिला र ८ हजार ५ सय ५२ पुरुष मतदाता छन् ।माइजोगमाई गाउँपालिकामा १६ हजार ५ सय ६६ मतदाता संख्या रहेको निर्वाचन आयोगले जनाएको छ ।

यहाँ ७ हजार ७ सय ३८ महिला र ८ हजार ८ सय २८ पुरुष मतदाता छन् । यस्तै रोङ गाउँपालिकामा १५ हजार ३३ मतदाता संख्या रहेको छ । यहाँ ७ हजार १ सय ४९ महिला र ७ हजार ८ सय ८४ पुरुष मतदाता छन् । सन्दकपुर गाउँपालिकामा मतदाता संख्या १३ हजार ३ सय ९० रहेको छ । यहाँ ६ हजार ३ सय १३ महिला र ७ हजार ७७ पुरुष मतादात छन् ।

यस्तै माङ्सेबुङ गाउँपालिकामा १२ हजार ५ सय ६८ मतदाता संख्या रहेको छ । ६ हजार १९ महिला र ६ हजार ५ सय ४९ पुरुष मतदाता संख्या छ ।इलामका लागि निर्धारण गरिएका १५१ मतदान स्थल र २८५ मतदान केन्द्र मध्ये इलाम नगरपालिकामा २४ मतदान स्थल र ४८ मतदान केन्द्र रहने छन् । यस्तै सूर्योदय नगरपालिकामा २१ मतदान स्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

चुलाचुलीमा ९ मतदान स्थल र २१ मतदान केन्द्र, देउमाईमा १८ मतदान स्थल र ३३ मतदान केन्द्र, फाकफोकथुममा १७ मतदान स्थल र २४ मतदान केन्द्र, माइ नगरपालिकामा ११ मतदान स्थल र २८ मतदान केन्द्र, माइजोगमाईमा ११ मतदान स्थल र २० मतदान केन्द्र, माङ्सेबुङमा ११ मतदान स्थल र १८ मतदान केन्द्र, रोङमा १५ मतदान स्थल र २२ मतदान केन्द्र तथा सन्दकपुरमा १४ मतदानस्थल र १९ मतदान केन्द्र निर्धारण भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।