इटहरीः १ सय १३ बर्षीया बृद्धा महेश्वरा अधिकारीले मोरङको सुन्दरहरैचा वडा नम्बर ७ गोठगाँउबाट आज बिहान ७ बजे मतदान गरेकी छन् ।

सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ निवासी अधिकारीले बुहारी उमादेवी अधिकारीको सहयोगमा विहान ७ बजे मतदान गरेको नाती पत्रकार खेमचन्द्र अधिकारीले जानकारी दिए ।उनले सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ को पञ्चायत माध्यामि विद्यालयबाट मतदान गरेकी हुन् ।

उनिबाटै सो केन्द्रको मतदान कार्यको शुभारम्भ गरिएको बताइएको छ । उनले मताधिकार पाएदेखि नै निरन्तर रुख चिन्हमा मतदान गर्दै आउनु भएको नाती खेमचन्द्रले जनाकारी दिए   ।