फिक्कलः पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले इलामको सुर्योदय नगरपालिकाबाट मतदान गरेका छन् ।

उनले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत बिद्यालयबाट मतदान गरेका हुन् । केहि दिन अघि देखि आफनो निर्वाचन क्षेत्रमा रहेका खनालले शुक्रबार बिहान ८ बजे आफनो केन्द्रमा गएर मतदान गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनले सो नगरपालिकामा गठबन्धनको तर्फबट मेयर पदका उम्मेदवारी दिएका नेकपा एसकै रणबहादुर राईलाई कलम चिन्हमा र उपमेयर पदका उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुर्गा बराललाई रुख चिन्हमा मतदान गरेको बुझिएको छ ।