बराहक्षेत्रः नेकपा (माओवादी केन्द्र) बराहक्षेत्र नगरकमिटीका अध्यक्ष कमल कटुवाललाई निलम्बन गरिएको छ । मंगलबार अध्यक्ष कटुवाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको जनाइएको हो ।
बिज्ञप्तीमा उल्लेख गरिए अनुसार आसन्न स्थानीयतह निर्वाचनमा पार्टीको अनुमति बिपरीत पार्टीको आधिकारिक उमेदवारको विरुद्धमा उम्मेद्बारी दर्ता गर्न सहयोग गर्ने गरेकाले पार्टी बिधानको धारा ५६ को (१) ज अनुरुपको कसुर ठहर गरि ५६ (२) बमोजिम पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको छ ।