फिक्कलः शुक्रबार सम्पन्न हुँने स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी(एस)का सम्मानित नेता तथा पूर्व प्रधानन्त्री झलनाथ खनालले इलामको सूर्योदयबाट र संबिधान सभाका सभामुख सुभाषचन्द्र नेम्वाङले इलाम नगरपालिकाबाट मतदान गर्दै छन् ।

नेता खनालले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत बिद्यालयबाट मतदान गर्दै छन् । केहि दिन अघि देखि आफनो निर्वाचन क्षेत्रमा रहेका खनालले शुक्रबार बिहान ८ बजे आफनो केन्द्रमा गएर मतदान गर्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

यस्तै संबिधान सभाका सभामुख तथा एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङले इलाम नगरपालिकाबाट मतदान गर्दै छन् । उनले इलाम नगरपालिका ७ को महेन्द्ररत्न बहुमुखी क्याम्पसमा बिहान ८ बजे नै मतदान गर्ने एमाले जिल्ला सह सचिव रविन्द्र सुवेदीले जानकारी दिए ।

कांग्रेस नेता कुलबहादुर गुरुङको इलाम नगरपालिका ७ मा मतदाता नामावलीमा नाम भए पनि स्वास्थ्य समस्याका कारण मतदान गर्न नजाने भएका छन् । उनले आफनो स्वास्थ्य समस्याका कारण आउन नसकेको जानकारी दिए ।

यस्तै कांगैस केन्द्रीय सदस्या सुजना परियारले इनपा ६ बाट , एमाले केन्द्रिय सदस्या राम रानाले देउमाई ३ वाट र माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्माले फाकफोकथुम गाउँपालिकाबाट मतदान गर्दै छन् । झननाथ र सुभाष लामो समय नेकपा एमालेमा रहेर इलाम क्षेत्र नम्बर १ र २ बाट पटक पटक बिजयी भए पनि पार्टी बिभाजन भए पछि यस पटक उनिहरु दुई फरक पार्टीलाई मतदान गर्दै छन् । खनाल नेकपा एसमा र नेम्वाङ एमालेमै रहेका छन् ।