इटहरीः भोली शुक्रबार हुने मतदानको लागि मतदान स्थल र बुथ केन्द्रको अन्तिम तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यलय रामधुनीले जनाएको छ । रामधुनी नगरपालिकाका ९ वटा वडामा १२ वटा मतदान केन्द्र र ४४ वटा मतदान बुथ रहने निर्वाचन अधिकृतको भनाई छ । 

मतदान केन्द्रहरुमा तयारी र सुरक्षा व्यवस्थापनमा निरिक्षण लगभग सकिएको र मतदानको लागि सबै बुथहरु तयार भएका छन् ।रामधुनी १ नं वडाकामा एउटा मतदान स्थल रहेको छ । यस वडामा मतदाताले भादगाउँ सिनुवारी मावि झुम्कामा मतदान गर्न सक्नेछन् । भादगाउँ सिनुवारी मा।वि।झुम्कामा ५ मतदान रहने छन् । त्यसैगरी वडा नम्बर २ मा पनि एउटा मतदान स्थल रहेको छ । जो शिवनगर मावि शिवनगरमा छ । शिवनगर माविमा ४ वटा मतदान बुथहरु रहेने र वडा नम्बर ३ को मतदान केन्द्र जनता मावि सिंगियामा ५ वटा मतदान बुथ रहने बताइएको छ ।

रामधुनी नगरपालिकाको वडा नम्बर ४ मा पनि एउटा मतदान स्थल छ जुन रामधुनी मा।वि लालपुरमा रहने र त्यहाँ ५ वटा मतदान बुथ रहने छन् ।उता वडा नम्बर ५ का मतदाताको लागि मोरङ्ग सुनसरी सिंचाई आयोजनामा मतदान केन्द्र रहने छ । त्यहाँ पनि ५ वटा मतदान बुथ हरने छन् । उता वडा नम्बर ६ का मतदाताको लाग भने २ वटा मतदान केन्द्र रहेका छन् ।

एउटा पञ्चायत मावि इचौल र अर्को आदर्श मावि रहेका छन् । रामधुनी ६ का यी दुवै मतदान केन्द्रमा तीन वटाका दरले बुथ रहने बताइएको छ । रामधुनी ७ का मतदाताको लागि पनि २ वटा मतदान केन्द्र छन् जुन पन्चालयत मावि कुमरखत र पन्चायत आधारभुत विद्यालय पन्चालयधाम छन् । दुवै मतदान केन्द्रमा तीन तीन वटा मतदान बुथ रहने बताईको छ ।
यसैगरी रामधुनी ८ का मतदाताको लागि एउटा र रामधुनी ९ कालागि २ वटा मतदान केन्द्र छन् ।रामधुनी ८ का मतदाताले शहरा आधारभुत विद्यालय डुम्राहामा मतदान गर्नेछन् भने त्यहाँ ४ वटा मतदान बुथ रहेका छन् उता वडा नम्बर ९ का मतदाताले शनिश्चरे मावि डुम्राहा र चन्द्रकमल मा।वि। मिर्चैयामा मतदान गर्नेछन् ।

भोली हुने निर्वाचन विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । निर्वाचनमा सहभागी मतदाता नामावली भएका मतदाताले मतदाता परिचय पत्र र सो नभएको खण्डमा परिचय खुल्ने कागजात नागरिकता, अन्य सरकारी परिचयपत्रको आधारमा समेत मत दिन सक्ने निर्वाचन आयोगले बताएको छ ।