इटहरीः आसन्न निर्वाचनको मौन अवधिमा मतदातालाई प्रभावमा पार्ने उद्धेश्यले नेकपा एमाले पाँचथरका जिल्ला सचिव विष्णु प्रसाद सापकोटा बुधबार मध्ये रातमा गाउँ छिरेपछि हँगामा भएको छ ।
जिल्ला सम्वन्वयन समिति पाँचथरका निवर्तमान प्रमुख समेत रहेका सापकोटा मध्येरातमा मतदाता प्रवावित पार्ने गरी गाउँछिरेपछि विपक्षीसँग झडप भएको थियो ।
सापकोटाको समुहकामा कार्यकर्ताहरु २३ वटा मोटरसाइकलमा हिलिहाङ गाउँपालिका ६ मा राति पुगेका थिए । उनिहरुलाई मतदातालाई पैसा बाड्दैगर्दा गठबन्धका कार्यकर्ताले भेटेपछि दोहोरो झडप भएको प्रहरीको भनाई छ ।
सापकोटासहितको टोली गाँउ छिरेपछि कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले पिछा गर्ने क्रममा झडप भएको बताइएको छ ।
सापकोटाले भने घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । उनले आरोप अस्विकार गरेपनि रातीको घटनामा उनी सहभागी रहेको भिडियो नै सार्वजनिक गरिएको छ ।
मतदातालाई पैसा बाँडेको भेटिएपछि झडपमा उत्रिएका विपक्षी र एमाले कार्यकर्ताबीचको तनाव बिहानमात्रै शान्त भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले पुष्टि गरेको छ । घटनाबाट मोटरसाइकलमा तोडफोड भएका छन् भने घटनाको बारेमा थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति मतदातालाई प्रभावित गर्न पुगेका नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा परेर एमाले भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् ।
गएराती साढे १० बजेतिर कानेपोखरी– २ दलेली बजारनजिकै दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजारनजिकको विपन्न बस्ती पुगेका दुबै समूहबीच जम्काभेट भएपछि झडप भएको हो ।
झडपमा टाउकोमा चोट लागेका युवा संघ अध्यक्ष पौडेल उपचारपछि घरमै आराम गरिरहेको प्रहरीले जनाएको छ । पौडेल कानेपोखरी–६ का बासिन्दा हुन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ दुबै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उलंघन गरेको देखिएको बताउँदै थप अनुसन्धान भइहरेको प्रहरीको भनाई छ ।