इटहरीः मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको भन्दै नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवारलाई भोजपुरको अरुण गाउँपालिकामा घेराबन्दी गरेका छन् ।

विपक्षी पार्टीका प्रत्यासीले मत प्रभावित गर्न खाजेको भन्दै भोजपुरको अरुण गाउँपालिका ७ का स्थानीयले बुधबार साझँ ९ बजे नेकपा एमालेका गाउँपालिका उपाध्यक्ष उम्मेदवार कविता राई र नारायण प्रसाद घिमिरेलाई घेराबन्दी गरेका थिए ।

निर्वाचन आचारसंहिताको उल्घंन गरेको भन्दै उनिहरुले उम्मेदवारलाई स्थानीय लीलाबहादुर खड्काको घरमा मत मागिरहेको अवस्थामा भेटेपछि झडपको स्थित बनेको थियो ।निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि चुनाव लक्षित प्रचारप्रसारका कुनै पनि गतिविधि नगर्न भनेको छ । तर त्यसको विपरीत मौन अवधिमा राति गाउँमा गएर वृद्धभत्ता बढाइदिने, पैसा चामल दिने लगायतका लोभ देखाएर भोट मागेको भेटिएपछि उनिहरुलाई घेरेर तत्काल गाउँ छाड्न आग्रह गरेको बताइएको छ ।

वास्तविकता बुझ्न गएका स्थानीयसहितका माओवादी कार्यकर्ताहरुलाई उनीहरुले धम्क्याएको आरोप लगाएका छन् ।आफूहरूले मौन अवधिमा यस्तो कार्य गर्न नपाइने र यो निर्वाचन आचारसंहिता विपरीत हुने भनी सम्झाउँदा ’सक्छौ भने तिमीहरू पनि गाउँगाउँ जाऊ । तर हामीलाई बाधा पु¥याए अवस्था राम्रो नहुने’ भन्दै धम्की दिएको स्थानीयले बताएका छन् । संहिताविपरीत काम नगरौँ भन्दा उल्टै धम्क्याउनु गलत स्थानीय माओवादी केन्द्रका कार्यकर्ताले आरोप लगाएका छन् ।

माओवादी केन्द्रको पकड क्षेत्र सिक्रेटारमा स्थानीयलाई नगद समेत वितरण भइरहेको भन्ने सूचनाका आधारमा आफूहरू त्यहाँ पुगेको माओवादीका स्थानीय नेताले स्पष्टिकरण भएका छन् ।