इटहरीः झापाको दमक नगरपालिकामा मेयर पदका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्पताल भर्ना भएका छन् । बिहीबार(आज) बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई धरानस्थित विपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेलले थापा अस्वस्थ्य भएको प्रमाणित गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पार्टी निकट स्रोतका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ । थापालाई बिहिबार(आजै) दिउँसो तीन बजे शल्यक्रिया गर्ने तयारी भइरहेको बुझिएको छ ।