इटहरीः निर्वाचन आचारसंहितामा पर्ने मौन अवधि सुरु भएको पहिलो दिन राती मतदातालाई प्रभावित पार्न हिडेको भन्दै विपक्षीहरुले सामाजिक सञ्जालमा लान्छनाको बर्षा गरेका छन् ।आधार र प्रमाण विनै ‘अरे’ का भरमा आफ्ना प्रतिष्पर्धीको नैतिकतामा प्रश्न उठ्ने गरी लान्छना लगाउनेमा इटहरी सरकारकी उपमेयर सहितका नेता कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गरेका छन् ।
मौन अवधिमा बुधबार राती मतदातालाई प्रभाव पार्न हिडेको भन्दै फलानो ठाउँबाट लखेटिए भन्ने बाहानामा उनिहरुले आफुलाई भने चोख्याउने प्रयत्न गरेका हुन् ।सामाजिक सञ्जालको दुरुपयोग गर्दै केशव कुमार बिष्ट सहितको टोलीलाई इटहरी १५ बाट लखेटिएको भन्ने पोष्ट पनि सार्वजनिक गरिएको छ ।
साँझ ६ बजेदेखि नै पार्टीको आन्तरिक बैठकमा पार्टी कार्यलयमा रहेका बिष्ट कसरी वडा नम्बर १५ पुगे भन्दै नेकपा एस इटहरीले उक्त भनाईको खण्डल गरेको छ ।
भ्रम फैलाउने मनसायले यस्तो पोष्ट हालिएको र आफुहरु हार्ने मनस्थितीको उपज भएपछि झुटको खेती गरेको नेकपा एकीकृतका इटहरी नगरकमिटिका इञ्चार्ज केवल फुयाँलले आरोप लगाएका छन् ।
‘पार्टीको बैठकमा रहँदै गर्दा बरु हामीले नेकपा एमाले संम्बद्ध कार्यकर्ताहरुले इटहरी ५ को जनता बस्ती र सुकुम्बासी बस्तीमा पैसा बाँडेको भन्ने सुचना हामीले पाएका थियौँ ।’ फुँयालले प्रदेश पोर्टलसँग भने । कोर कमिटिको आन्तरिक बैठकमा सहभागी भएको व्यत्तिलाई बिभिन्न वडाबाट लखेटिएको भन्ने आरोपको तुक नरहेको फुँयालको भनाई थियो ।