बराहक्षेत्रः ३ दिनपछि हुने स्थानीयतह निर्वाचनका लागि बराहक्षेत्रमा गठित तीन दलीय गठबन्धनमा नेकपा एकीकृत समाजवादीले समेत साथ दिने भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन रहेको यस् वडामा एसले समेत आफ्ना उमेदवारहरु नभएको ठाउँमा गठबन्धनलाई सघाउँने भएको हो ।

आज (मंगलबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै एसको नगरकमिटीको तर्फबाट मेयर पदमा गठबन्धनका साझा उमेदवार रमेश कार्कीलाई र आफ्नो उमेदवारहरु नभएको वडामा गठबन्धनका उमेदवारलाई सहयोग गर्ने बताइएको हो ।एसका तर्फबाट नगर उपप्रमुखमा लक्ष्मण चौधरीको उमेदवारी रहेको छ भने अन्य केही वडाहरुमा नेतृत्व र सदस्यहरुमा उम्मेद्बारी रहेको छ ।

279853721_573044514190443_5884366828361564262_n

माओवादी केन्द्रको शसक्त सहयोग

उपमेयरसहित गठबन्धनमा साझेदारी गरिरहेको दल नेकपा (माओवादी केन्द्र) बराहक्षेत्रभित्र खट्पटी सुरु भएपछि असहयोग र असमझदारीको वातावरण सिर्जना भएको थियो ।
नगर कमिटीका अध्यक्ष कमल बहादुर कट्वालले पदबाट राजीनामा गरेपश्चात् माओवादी केन्द्रले गठबन्धनलाई घात गरेको आरोप समेत लगाइएको थियो ।

यद्यपि नगर कमिटीले हाल प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेद्बारी दिएका रञ्जित लोहनीसहितलाई कार्वाही गर्दै गठबन्धनलाई सहयोग गर्न एकजुट हुने निर्णय गरेको कार्यवाहक अध्यक्ष सगिता राईले बताइन् । अध्यक्ष कट्वालको सन्दर्भमा भने माथिल्लो तहमा राजीनामा पत्र पठाइएको बिज्ञप्तीमार्फत जनाइएको हो ।

बराहक्षेत्रमा नेकपा (एस) र माओवादी केन्द्रले शसक्त रूपमा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेसँगै गठबन्धनका उमेदवारहरुलाई जीत निकाल्न सहज भएको जानकारहरुको बुझाइ छ । बैशाख ३० मा हुने चुनावका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवा नेता रमेश कार्की मेयर पदमा र माओवादी केन्द्रका अमित गौतम उपमेयर पदमा चुनावी मैदानमा छन् भने नेकपा एमालेका निलम खनाल मेयर र नन्दा कुमारी राई उपमेयरमा सामना गर्ने छिन् ।

279904793_1198122477595748_8224677790017013207_n