धरानः अब नेपाली राजिनितिमा मतदातालाई मतदान गर्ने मेसिनको रुपमा मात्र हेर्न नहुने नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।बताएका छन् । धरानमा आज गठबन्धनको तर्फबाट भएको स्थानीय निर्वाचनको अन्तिम विशाल जनसभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
यस पटकको स्थानीय तहको निर्वाचनमा धरानको नेतृत्वमा किशोर राई र अईन्द्र विक्रम बेघाको अर्को विकल्प नभएको बताए । धरानको यो गठबन्धन समृद्धि र विकासको लागी निर्माण भएको बताउँदै यो निर्वाचनमा विकासको पक्षमा बनेको गठबन्धनले नै जित्ने बताए । यसै गरेर धराने जनताले विकासको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताउँदै उम्मेद्वार राई र बेघालाई बधाइ पनि मन्त्रि कार्कीले दिए ।
उनले कस्तो धरान बनाउने र कस्ता नेतृत्वलाई रोज्ने धरानका जनता निष्कर्षमा पुगेको बताउँदै अब समृद्ध धरानको परिकल्पना गर्न समेत उम्मेद्धारलाई आग्रह गरे । धरान नेपालको ऐतिहासिक थलो हो । एमालेलाई धरानका जनताले धेरै पटक निर्वाचित गराए तर धरान जस्ताको त्यस्तै भएको चाहिने कुराको विकास नगरेको आरोप लागाए । धरानको गरिमा अब गठबन्धनबाट सम्भव छ । जातिय तथा संस्कृतीको सभ्यता जोडिएर मात्र धरान सुन्दर नगरी भएको हो जसलाई एमालेले बचाउन सकेन ।
मेयर तिलक २ वर्षको कार्यकालमा के के गर्नु भयो धराने जनताले अनुभव गरेका छन् । जहाँ शहर हुन्छ त्यहाँ फोहोर व्यवस्थापनको गरि वायो ग्यासको जुन प्रारम्भ गर्नु भएको छ त्यो विकासको सुरुवात भएको बताए । अबको नेतृत्वबाट पनि सोही कार्यको निरन्तरता हुनेमा विश्वास लिएको उनले बताए । जनतामाँझ भाषण गरेर ठुला सपना देखाएर काम सुन्य गर्ने एमालेलाई अब तह लगाउनु गठबन्धन राष्टिय आवश्यकता हो ।
ओलीकै सरकार हाल सम्म भएको भए नेपाल श्रीलंका हुने उनले जिकिर गरे । एमालेका अध्यक्ष ओली सस्तो लोकप्रियताको पछि लाग्ने भएले अब एमालेलाई जनताले विश्वास गर्ने आघार नभएको बताए । अब मुलुकमा एमालेको अधिनायकवादलाई निर्वाचनबाट जनताले जवाफ दिने बताए ।
नेपालको संविधानमा कुनै प्रावधान नभएको प्रतिनिधीसभालाई दुइ पटक सम्म विगठन गर्ने केपी ओलीमा अधिनायकवाद देखिएको हो । स्थानीय निर्वाचनलाई निर्वाचनको रुपमा मात्र नलिनु यो प्रतिगमनलाई निस्तेज गर्ने अभियान भएको उनले बताए । धराने जनतालाई अनुरोध गर्दै उनले भने सपना देखाउने हैन सपना पुरा गर्नुलाई गठबन्धन निर्माण भएको बताए । उनले धरानका जनतालार्य अनुरोध गर्दै दायाँ बायाँ परन्तु नभनीकन देशलाई अगाडी बढाउनु गठबन्धनलाई भोट गर्नु पर्ने बताए ।