इटहरीः उमेरले जेष्ठ नागरिकको हैसियतमा छन्, रामधुनी तीनका चुडामणि सिग्देल । तर उनको हाउभाउ र चुनावी चहलपहल हेर्दा लाग्छ उनले विकास बुझेका छन्, समस्या बुझेका छन् र समाजसेवा पनि बुझेका छन् ।
पुराना कम्युनिष्ट अर्थात कम्युनिष्ट राजनितिका हस्तिको रुपमै रहेका चुडामणि सिग्देलले रामधुनी नगरपालिकाको वडा नम्बर ३ मा वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सिग्देलसँग वडाको विकास गर्ने निकै महत्वकांक्षी योजना पनि छ । २०३३ सालदेखि रामधुनी ३ मा बसोबार गर्दै आएका सिग्देल २०४६ बाट कम्युनिष्ट पार्टी मालेको संगठित सदस्य बनेर पार्टी राजनितिमा होमिएका हुन् ।
२०५९ सालमा रामधुनी ३ मा रहेर त्यहाँका लठिभद्र अवस्थामा रहेको नवदुर्गा साँस्कृतिक समुहको नेतृत्व लिएर काम गरेका सिग्देलले त्यहाँ रहेको जनता माविसँग जग्गा माग गरेर समुहको आफ्नै भवन बनाएका छन् । अहिले त्यही भवनको एउटा कोठामा नवदुर्गा बालविकास सञ्चालनमा रहेको छ भने आफ्नै सभाहल समेत छ ।
सिंगियामा रहेको २ वटा समुहलाई मिलाएर नयन तरकारी तथा फलफुल उत्पदान सहकारी संस्था बनाउन देखि लिएर उक्त संस्थालाई गतिसिल बनाउन भुमिका खेलेका उनि किसानलाइ मल विरुवा देखि लिएर ५० प्रतिशत अनुदानमा विरुवाहरु ल्याएर वितरण समेत गर्दै आइरहेका छन् ।
अहिले नयन तरकारी तथा फलफुल उत्पादन सहकारी मार्फत २० जना जति व्यावसायीक कृषि खेती समेत गर्दै आइरहेका छन् । अहिले नेकपा माओवादी केन्द्र रामधुनीको वडा नम्बर ३ को वडा अध्यक्षको भुमिकामा रहेको सिग्देल वडा नम्बर ३ लाई नमुना वडाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताउँछन् ।
भौतिक विकासलाई मात्र विकासको रुपमा नलिने र मानविय , आर्थिक विकासलाई पनि संगैसँगै लिएर जानुपर्ने धारणा राख्ने रामधुनी ३ को जेष्ठ नागरिक सरोकार समितिको सचिव समेत रहेका सिग्देल नगरले दिएको रकम बिपन्न वर्गको हितमा खर्च गर्ने गरेको बताउँछन् ।
कृषि तथा पशुपालनको लािग एक घर एक नागरिकलाई तालिम प्रदान गरि कृषि पशुपालनको लागि दक्ष जनशक्ति निर्माण गर्ने, यस क्षेत्रमा रहेका ऐलानी जग्गा पहिचान गरी सुकुम्बासी व्यवस्थापन गर्ने, सामाजिक सुरक्षाभत्ता घरघरमा पुर्याउने, शहरमुखी भन्दा गाउँमुखी बिकासलाई जोड दिने घोषणापत्र सिग्देलले समुहले सार्वजनिक गरेको छ ।
रामधुनी तीनको जनजागृती टोलमा जेष्ठ नागरिक चौताराको निर्माण गर्ने , आफ्नै वडामा अस्पताल निर्माण गर्ने , रामधुनीलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न नगरमा आवाज उठाउने जस्ता योजना अघि सारेका सिग्देलले रामधुनी ३ मा भ्रष्टाचार नगर्ने र गरेको पाइएमा जनताको निर्णय अनुसार कारबाहीको भागिदार बन्ने बनाउने समेत घोषणापत्रमा समेटेका छन् ।
सिग्देल सहित वडा नम्बर ३ मा खुल्ला सदस्यमा लिला प्रसाद चौधरी र कृष्ण बहादुर विष्ट महिला वडा सदस्यमा उषा कुमारी चौधरी र दलित महिला सदस्यमा रामुदेवी ऋषिदेवले उम्मेद्वारी दिएका छन् ।