इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष उम्मेदवार अच्युतकृष्ण चौँलागाईले आफुले वडा अध्यक्षको रुपमा जित हासिल गरे कक्षा ११ र १२ को पढाई खर्च नगरपालिकाले बेहोर्ने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्रमार्फत वडा अध्यक्षको उम्मेदवारी दिएका चौलागाई रामधुनीको वडा नम्बर ५ ले भोगिरहेको डुवानको समस्याको समाधान गर्न सिंचाईको नहरसग सम्वन्वय गरी बाढिबाट आएको पानीलाई नहरमा मिसाउने र वडामा भएका सुकुम्बासीहरुको पहिचान गरेर लालपुर्जा उपलव्ध गराउन पहल गर्ने आफ्नो मुख्य योजना रहेको बताउँछन् ।

शिक्षाका क्षेत्रमा रामधुनी ५ मा रहेको रामधुनी आधारभुत विद्यालयलार्य आवासीय विद्यालयको रुपमा स्तरउन्नती गर्ने र वडा नम्बर ५ मा रहेको कोरोना अस्पताललाई स्तरउन्नती गरी ५० शैष्याको हस्पिटल बनाउने समेत चौलागाईको योजना रहेको छ ।

विशेष गरी रामधुनी ५ मा कारागारबाट आउने फोहोरको व्यवस्थापन र बाढी नियन्त्रण चुनौती रहेकाले चुनौतीलाई अवसरको रुपमा प्रयोग गरेर वडाको विकासमा बिशेष भुमिका निर्वाह गर्ने माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार चौलागाईले बताए ।

279942527_537083491188720_503010666683744920_n

लिओ क्लव अफ रामधुनी सिटिको अध्यक्ष,रामधुनी सुनचाँदी व्यवसायीको सचिव र झुम्का जेसिजको सदस्य समेत रहेका चौलागाई वडाका विपन्न वर्गलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउन आफुले पहल गर्ने र नगरपालिकाले नै प्रिमियम तिरेर बिमित बनाई स्वास्थ्य सेवालाई मौलिक अधिकारसँग जोड्ने समेत बताउँछन् ।

नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेर चुनावी मैदानमा होमिएको माओवादी केन्द्र रामधुनी ५ ले महिला सदस्यमा पवित्रा आचार्य र खुल्ला सदस्यमा ओम दाहालको उम्मेदवारी दिएको छ भने नेकपा एसको तर्फबाट खुल्ला सदस्यमा रामकरण खरग र दलित महिला सदस्यमा अनिता खवासको उम्मेदवारी परेको छ ।