इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा, लोसपा जस्ता संविधान नमान्नेहरुसँग गठबन्धन गरिरहेको बताउँदै आफुरु संविधानको पक्षमा रहेकाले लोकतान्त्रिक बाम गठबन्धन संविधानको रक्षा गर्नेहरुको साझा गठबन्धन रहेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।
विगतका ठुला ठुला आन्दोलनहरु गठबन्धनबाटै सफल भएको उदाहरण दिँदै खनालले २०४६ सालमा भएको पञ्यात विरुद्धको आन्दोलन, ७ पार्टी मिलेर गरेको २०६२ ६३ को जनआन्दोलन लगायतका आन्दोलनको उदाहरण समेत प्रस्तुत गरे । सोमबार इटहरीमा भएको विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै खनालले केपी ओलीले गठबन्धनसँग आतंकित बनेर जनलहर आफ्नो पक्षमा देखाउन विभिन्न जालझेल गर्न थालेको खनालले बताए ।
४२ महिला सरकारमा रहँदा ओलीले शिक्षा नितिमा केहि का मगर्न नसकेको संविधान नमान्ने, कुल्चने काम गरेको र पार्टी भित्र त्यसको आलोचना गर्दा संसद विघटन गरेर आफु फस्ने खाल्डो आफँै खनेको समेत खनालले आरोप लगाए । अहिलेको संविधानले कुनै पनि प्रद्यानमन्त्रीलाई संविधान विघटनको अधिकार नदिएको स्पष्ट पार्दै ओलीको सोही प्रतिगामी कदमको विरुद्धमा आफुहरुले पार्टीबाट बिद्रोह गरेको समेत बताए ।
यो घडीमा राष्ट्रवादी र संविधानको पक्षमा रहेको गठबन्धनलाई जिताउनु आजको आवश्यकता रहेको खनालको भनाई थियो । इटहरी अव महानगरपालिकामा विकास हुनुपर्ने धारणा राख्दै खनालले संकल्पपत्र गहकिलो बनेको र विजयी बनेपछि संकल्पपत्रलाई अक्षरस पालना गर्ने संकल्प गर्न मेयर र उपमेयरका उम्मेदवारलाई खनालले आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य रामनारायण विडारीले जनताको हातमा अव गठबन्धनका उम्मेदवारलाई भोट दिएर न्याय गर्ने बेला आएको बताए । धतुरो रोपेर अम्बा फल्ने आश नगर्न आग्रह गर्दै विडारीले अम्बाको आश गर्नका लागि गठबन्धनका उम्मेद्वारलाई मत दिन इटहरी बासीलाई अनुरोध गरेका थिए ।
महिला अधिकारका लागि भारत र अमेरिका भन्दा राम्रो संविधान नेपालको संविधान रहेको बताउँदै उनले एमालेलाई भोट दिएर जिताए पुन संसद विघटन गर्ने भएकाले अव एमालेलाई भोट दिन आवश्यक नपर्ने जिकिर समेत गरे ।